सुनको मूल्यमा कीर्तिमानी छलाङ: एकैदिन तोलामा ६,२०० रुपैयाँले बढ्यो
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै ठुलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको हो।
नयाँ मूल्य निर्धारण भएसँगै बजारमा छापावाल सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भुराजनीतिक तनाव र आर्थिक उतारचढावका कारण बहुमूल्य धातुको मूल्य आकाशिएपछि त्यसको सिधा असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस