डलर १५३ रुपैयाँ नाघ्दा पाउण्डको भाउ कति पुग्यो ?
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको दैनिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर र पाउण्डको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। आजका लागि तोकिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा कायम भएको छ।
युरोपेली र बेलायती मुद्राको भाउ पनि उच्च बिन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा कायम भएको छ। यसैगरी, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा हुँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा कायम भएको छ।
खाडी मुलुक र रोजगारीका प्रमुख गन्तव्य देशहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४० रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम हुँदा कुवेती दिनारको मूल्य सबैभन्दा उच्च रहँदै खरिददर ४९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १३ पैसा पुगेको छ।
छिमेकी मुलुक भारतसँगको मुद्रा (भारु) को विनिमय दर भने स्थिर रहँदै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार बजारको माग र आपूर्ति बमोजिम जुनसुकै समयमा पनि संशोधन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ।
वाणिज्य बैंकहरूले आफ्नै किसिमले तय गर्ने खुद्रा विनिमय दर यसभन्दा केही फरक हुन सक्ने र त्यसको प्रत्यक्ष अद्यावधिक विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने केन्द्रीय बैंकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस