Techie IT
२०८३ असार ३१, बुधबार

सेबोनको नीतिले जगायो उत्साह: नेप्से १४ अङ्कले बढ्दा २५९० विन्दु पार


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको सुधारमुखी वार्षिक नीति तथा कार्यक्रम र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। 

असार मसान्तको दबाब सकिएसँगै सेबोनको नयाँ योजनाले लगानीकर्ताको मनोबल बढाउँदा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०० अङ्कले बढेर २५९०.२९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स पनि २.५९ अङ्कले उकालो लागेको छ।

परिसूचकमा सुधार आए पनि पछिल्ला दिनहरूको तुलनामा ऋणपत्र (डिबेञ्चर) को कारोबार कम हुँदा आज कारोबार रकम भने घटेको छ। मङ्गलबार ८ अर्ब ४१ करोडको कारोबार भएको बजारमा बुधबार ३६२ कम्पनीको ३८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको ८४ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ। आज बजारमा १९५ कम्पनीको मूल्य बढ्दा ६० वटाको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार भएका १३ उपसमूहमध्ये ११ वटामा सुधार आएको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत र निर्जीवन बीमाको १ प्रतिशतभन्दा बढीले बढेको छ भने लगानी उपसमूह सामान्य घट्दा म्युचुअल फण्ड स्थिर रह्यो। आज एनएमबि डिबेञ्चर (२०८९/९०) को मूल्य सर्वाधिक ९.२० प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको मूल्य ७.३२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ४४ करोड १० लाख रुपैयाँसहित ‘१० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३’ शीर्ष स्थानमा रह्यो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट