Techie IT
२०८३ असार ३२, बिहीबार

आज कति पुग्यो अमेरिकी डलरको भाउ?


नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण गरेको छ, जसअनुसार नेपाली मुद्राको तुलनामा अमेरिकी डलर र कुवेती दिनार लगायतका मुख्य अन्तर्राष्ट्रिय मुद्राहरू बलियो देखिएका छन्। 

केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा तोकिएको छ भने सबैभन्दा महँगो मुद्रा कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा पुगेको छ। 

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, तथा बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

त्यसैगरी ओमान रियाल एकको बिक्रीदर ४०० रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्कको १९० रुपैयाँ ३० पैसा, सिङ्गापुर डलरको ११९ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ७४ पैसा र अष्ट्रेलियन डलर एकको बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा तोकिएको छ। 

वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकहरूको हकमा कतारी रियाल एकको बिक्रीदर ४२ रुपैयाँ ३३ पैसा, युएई दिरामको ४२ रुपैयाँ ०२ पैसा, साउदी रियालको ४१ रुपैयाँ ०८ पैसा र मलेसियन रिङ्गेट एकको बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ। छिमेकी मुलुकहरूमध्ये चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ७८ पैसा र हङकङ डलरको १९ रुपैयाँ ६९ पैसा रहँदा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् छ। 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने तथा वाणिज्य बैङ्कहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट