Techie IT
२०८३ श्रावण ५, मंगलबार

शेयर बजारको गाँठो फुकाउन प्रधानमन्त्रीको अग्रसरता


प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेन शाहले पुँजी बजार तथा बीमा क्षेत्रको सुधारलाई उच्च प्राथमिकता दिँदै आज सरोकारवाला निकायहरूसँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बोलाइएको उक्त बैठकमा शेयर बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका विद्यमान समस्या तथा समाधानका उपायबारे गहन मन्थन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलगायतका उच्च पदाधिकारीहरूलाई बोलाइएको छ।

उक्त छलफल पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण एवं आवश्यक नीतिगत तथा संरचनात्मक सुधारका विषयहरूमा केन्द्रित रहने सचिवालयले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट