Techie IT
२०८३ श्रावण १२, मंगलबार

साउनमा उठाएको विद्युत भ्याट रकम भदौको बिलमा समायोजन हुने


नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल र विवाद समाधान गर्दै साउन महिनाको महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन (मिनाहा/कट्टी) गर्ने घोषणा गरेको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूले साउन महिनाको महसुलमा तिरिसकेको भ्याट रकमलाई भदौको बिलमा हिसाब मिलान (एडजस्ट) गरिने स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार आर्थिक ऐन बमोजिम विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्थाअनुसार प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको थियो। त्यसपछि जारी गरिएका मासिक महसुल बिलमा नियमानुसार १३ प्रतिशत भ्याट समावेश गर्न थालिएको थियो।

तर, २०८३ असार ३२ गतेसम्म खपत भएको विद्युत्‌को बिल साउन १ गते वा त्यसपछि प्राप्त भएको भए तापनि साउन १ भन्दा अघिको खपतमा आर्थिक ऐनको अनुसूचीअनुसार आवश्यक वस्तुका रूपमा कर छुट हुने व्यवस्था छ। असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने कानुनी स्पष्टतासँगै प्राधिकरणले साउनमा असुल भइसकेको भ्याट रकम भदौको बिलमा समायोजन गर्ने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट