Techie IT
२०८३ असोज ६, मंगलबार

इन्धनको मूल्यमा फेरि वृद्धि, पेट्रोल र डिजेलको भाउ प्रतिलिटर कति पुग्यो?


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावसँगै नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले २०८३ साउन १८ गते आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि गरेको हो।

मूल्य समायोजनपश्चात् काठमाडौँ उपत्यकासहितको तेस्रो वर्गको क्षेत्रमा पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ।

भारतीय आयल कर्पोरेसन (IOC) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ १९ पैसा र डिजेलमा ३९ रुपैयाँ ६७ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ। निगमका प्रवक्ताका अनुसार, अन्तर्राष्ट्रिय बजारमा भएको भारी वृद्धिको तुलनामा उपभोक्तालाई राहत दिन निकै कम मात्र मूल्य बढाइएको हो। यति गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको छ।

इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडादेखि ढुवानीसम्मको लागत बढ्ने निश्चित छ। यसले बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा थप चाप पर्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट