Techie IT
२०८३ श्रावण २६, मंगलबार

अण्डाको मूल्य बढेपनि लागत मूल्यसमेत नपाएको किसानको गुनासो


बजारमा अण्डाको माग उच्च भएपछि व्यवसायीहरूले समर्थन मूल्यमा वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ।

सङ्घद्वारा निर्धारित नयाँ दरअनुसार एक्सएल (XL) अण्डा प्रतिक्रेट (३० वटाको) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मिडियम अण्डा ५ सय रुपैयाँ कायम गरिएको छ। यसैगरी, सानो अण्डाको मूल्य ३ हजार रुपैयाँ प्रतिपेटी (७ क्रेट) तोकिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि यसअघि धेरै कुखुरा मरेका कारण उत्पादनमा भारी गिरावट आएको छ। उत्पादन घटेको तर बजारमा माग अत्यधिक बढेका कारण फार्महरूबाट प्राप्त दरका आधारमा नयाँ समर्थन मूल्य जारी गर्नुपरेको उनले जानकारी दिए।

मूल्य केही बढे पनि किसानले हालको बजार मूल्यबाट अझै पनि लागत मूल्यसमेत पाउन नसकेको सङ्घले जनाएको छ। अध्यक्ष पोखरेलका अनुसार हाल एउटा अण्डाको उत्पादन लागत नै १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस हिसाबले प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा हुन जान्छ।

पछिल्ला वर्षहरूमा बर्डफ्लुको प्रकोपबाट किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ। उत्पादन लागतसमेत नउठ्दा र उचित मूल्य नपाउँदा धेरै किसानहरू यो पेसाबाट पलायन हुने स्थितिमा पुगेका छन्। कुखुरा मरेर र अण्डाको उचित मूल्य नपाएर ठूलो नोक्सानी व्यहोरेका किसानहरू हाल बैंकको ऋणको भरमा व्यवसाय टिकाइराख्न बाध्य रहेको व्यवसायीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट