Techie IT
२०८३ श्रावण २७, बुधबार

इतिहास रच्दै मुक्तिनाथ विकास बैंक, १ खर्ब बढी कर्जा प्रवाह


मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सफल भएको छ। यससँगै मुक्तिनाथ विकास बैंक नेपालको बैंकिङ इतिहासमा १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक बनेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले समीक्षा अवधिमा ३.३८ प्रतिशतले वृद्धि गर्दै गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह पुर्याएको छ। यस्तै, बैंकको निक्षेप संकलन पनि ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुनु र सम्भावित जोखिमबापत छुट्याइने प्रोभिजन (इम्पेरमेन्ट चार्ज) घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँ मा झरेको छ, जसले गर्दा सञ्चालन मुनाफा २०.२३ प्रतिशतले बढेको छ।

अन्य वित्तीय सूचकहरू
चुक्ता पूँजी: ८ अर्ब ३ लाख रुपैयाँ
जगेडा कोष: ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित
वितरणयोग्य मुनाफा: ६७ करोड ५७ लाख रुपैयाँ (वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा)
प्रतिशेयर आम्दानी (EPS): १८ रुपैयाँ ९८ पैसा (समीक्षा अवधिमा १८ पैसाले घटेको)
मूल्य आम्दानी अनुपात (P/E Ratio): १९.१३ गुणा
प्रतिशेयर नेटवर्थ: १६१ रुपैयाँ ८२ पैसा



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट