१४ बुँदे सहमतिपछि सरकारको व्यवस्थामा घर फर्किए लघुवित्त ऋणीहरू
नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भएको वार्तामा विभिन्न मुद्दाहरूमा सहमति जुटेसँगै उनीहरूले आन्दोलन तथा धर्ना कार्यक्रम स्थगित गरेका हुन्। सहमतिपश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई आआफ्नो गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाबाट आएका ऋणीहरू सुरक्षित रूपमा आ–आफ्नो क्षेत्रतर्फ फर्किएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस