आज डलरको भाउ कति पुग्यो ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा तोकिएको छ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा तथा ओमेनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस