Techie IT
२०८३ भाद्र १६, मंगलबार

भोटेकोशी बाढी पीडितको उद्धार र पुनर्स्थापनाका लागि एनएमबि बैंकद्वारा ३ करोड ५१ लाख सहयोग


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

बैंक सञ्चालन समितिका अध्यक्षले उक्त रकम बराबरको चेक अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो। यसका साथै, बैंकले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको छ।

अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत भोटेकोशी तटवर्ती क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले सयौं परिवारलाई विस्थापित गर्नुका साथै सडक, स्थानीय पूर्वाधार र जलविद्युत आयोजनाहरूमा समेत गम्भीर असर पुर्‍याएको छ।

संकटको यस घडीमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले यो सहयोग प्रदान गरेको हो। यस सहयोगबाट बाढीपीडितको उपचार, खाना, बासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाहरूको पुननिर्माण र पुनर्जीवनमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट