Techie IT
२०८३ भाद्र ३०, मंगलबार

मूल्य बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने


इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा ४ रुपैयाँ ६८ पैसा मूल्य बढेर आए पनि नेपाल आयल निगमले भोटेकोशी नदीको बाढीले सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै भदौ ३१ गतेदेखि लागू हुने गरी खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। 

यस निर्णयसँगै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १९७.५०, १९९ र २०० रुपैयाँ कायम भएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्यसमेत साविककै राखिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालमा मूल्य समायोजन नगरिँदा निगमलाई अब पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट