Techie IT
२०८३ असोज २, शुक्रबार

टेक्ससबाट भोटेकोशी बाढीपीडितका लागि २ करोड भन्दा बढी सहयोग


अपर त्रिशुली १ जलविद्युत आयोजनाको सुरुङभित्र जान तयारी गर्दै उद्धारकर्ता

अमेरिकाको टेक्सस राज्यमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि २ करोड १५ लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग जुटाएका छन्।

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार विभिन्न संघसंस्था तथा समूहले यो रकम जुटाएर पीडितहरूप्रति ऐक्यबद्धता जनाएका हुन्।

प्रमुख दाताहरू:

लामा फाउन्डेसन (बेडफोर्ड): १ करोड ७ लाख रुपैयाँ

इन्डिया बजार (फोर्टवर्थ): ३८ लाख १७ हजार रुपैयाँ

वन स्टेप फाउन्डेसन: २५ लाख रुपैयाँ

अभान्ट फाउन्डेसन: १५ लाख रुपैयाँ

पाल्पाली संगम अमेरिका: १५ लाख रुपैयाँ

नुवाकोट पिकनिक ग्रुप (टेक्सस): १५ लाख रुपैयाँ

यसैबीच, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ वटा च्याप्टरमार्फत ६६ हजार १९५.८८ अमेरिकी डलर (करिब ८८ लाख रुपैयाँ) सङ्कलन गरेको छ। सो रकम नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई छुट्टै पठाइएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट