Techie IT
२०८३ असोज २, शुक्रबार

५० रुपैयाँको नयाँ नोटमा के छन् परिमार्जित विशेषता?


नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा परिमार्जित विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार र डिजाइनमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।

नयाँ नोटका प्रमुख विशेषताहरू:
प्रतिज्ञात्मक वाक्यांश: नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने वाक्यांश उल्लेख छ।
अगाडिको भाग: हिमालको चित्र, लालीगुराँसको पानी छाप र त्यसको मुनि ‘५०’ अंकित पानी छाप राखिएको छ।
सिरिज र हस्ताक्षर: नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ भने नोटमा तत्कालीन गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
सुरक्षा धागो: नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा ‘NRB’ लेखिएको छ।
पछाडिको भाग: हिउँ चितुवाको चित्र, ‘NEPAL RASTRA BANK’, ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट