लक्ष्यको नजिक वीरगन्ज भन्सार: भदौमा संकलन भयो २३ अर्बभन्दा बढी राजस्व
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै राजस्व संकलनमा उल्लेख्य प्रगति हासिल गरेको छ। कार्यालयका अनुसार पछिल्लो एक महिना (भदौ महिना) मा मात्रै २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
यो आँकडा कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो। भदौ मसान्तसम्मको यो संसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।
कार्यालयको तथ्यांक अनुसार यस अवधिमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तुका रूपमा रहेका छन्, जसले मूल्य तथा राजस्वमा ठूलो योगदान पुर्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस