Techie IT
२०८३ असोज ९, शुक्रबार

कुवेती दिनारको भाउ ४९९ नाघ्यो, डलरको भाउ कति पुग्यो हेर्नुहोस्


नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

यसैगरी, युरोपियन युरोको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ। 

एसियाली तथा खाडी मुलुकतर्फ, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम भएको छ।

साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ। 

साथै, थाई भाटको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा, युएई दिरामको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १८ पैसा र बिक्रीदर ११ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५ रुपैयाँ ५६ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ भने कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

बहराइन दिनारको खरिददर ४०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ११ पैसा तथा ओमनी रियालको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा पुगेको छ। 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको केन्द्रीय बैंकले आवश्यकताअनुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट