Techie IT
२०८३ असोज २०, मंगलबार

५० एमबीपीएसभन्दा कम स्पीडका सस्तो इन्टरनेट प्याकेज बन्द हुने


इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सोमबार (असोज १९) देखि लागु हुने गरी ५० एमबीपीएसभन्दा कम स्पीडका सस्तो इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ। बढ्दो लागत र खर्च धान्न नसकिने अवस्था आएको भन्दै आइस्पानले यस्तो निर्णय गरेको हो।

विगतका वर्षहरूको मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएकाे छ। फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीति र कृत्रिम बौद्धिकता (एआई) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक र चीपसेटको मूल्य पनि एक्कासि महँगो भएको कारणले आईएसपीहरूको सञ्चालन गर्नै सकस परेको हुँदा हाल दिँदै आएका सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू अब उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपालले बताएको छ।

यसअघि बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र विस्तारमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको दाबी गर्दै आइस्पानले फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचको मामिलामा नेपाल दक्षिण एसियामै सबैभन्दा सस्तो मुलुकमा पर्ने जिकिर गरेको छ।

कति मूल्यका प्याकेज बन्द हुन्छन्?
सुरुमा आइस्पानले सस्तो प्याकेज बन्द गर्ने घोषणा गरे पनि कुन मूल्य र कति स्पीडका प्याकेज बन्द हुने भन्ने स्पष्ट नपारेका कारण आम उपभोक्ताहरू अन्योलमा परेका थिए।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले अब ५० एमबीपीएसभन्दा तलका प्याकेजहरू पूर्ण रूपमा बन्द गरिएको स्पष्ट पारेका छन् ।पराजुलीका अनुसार अब ५० एमबीपीएसभन्दा मुनिका प्याकेजहरू सेवा प्रदायकले बिक्री गर्न पाउनेछैनन् र ग्राहकहरूले सोभन्दा माथिल्लो स्पीडका प्याकेजहरू मात्र खरिद गर्नुपर्नेछ। 

अध्यक्ष पराजुलीले हाल कम स्पीडको प्याकेज प्रयोग गरिरहेका ग्राहकहरूले आफ्नो सेवा नवीकरण गर्ने बेला अनिवार्य रूपमा प्याकेज अपग्रेड गर्नुपर्ने जानकारी दिए। उनीहरूले अब पहिलेकै सस्तो र कम स्पीडको प्याकेज पुनः पाप्त गर्न सक्नेछैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट