Techie IT
२०८३ असोज २०, मंगलबार

असोज २३ देखि लामो दूरीको अग्रिम टिकट बुकिङ खुल्ने


दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाहरूको बैठकले आगामी असोज २३ गतेदेखि देशभर लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि नै टिकट बुकिङ औपचारिक रूपमा खुल्ने जानकारी दिएका छन्।

यसअघि लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध बनेका थिए। तर, सरकारले ती राजमार्गहरू तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने कडा प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीहरू अग्रिम टिकट खोल्न तयार भएका हुन्।

यातायात व्यवस्था विभागमा आयोजित उक्त महत्त्वपूर्ण बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा विभिन्न उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट