Techie IT
२०८३ असोज ५, सोमबार

नेप्से बजार ११ अंकले घट्यो, के अल्पकालीन नाफा बुकिङको प्रभाव हो ?? भोलि कस्तो हुन्छ मार्केट ??


Representation Image

आज नेप्से बजारमा सामान्य उतारचढाव रहे पनि अन्त्यमा बजार ११.२४ अंकले घटेर २७४८.९६ अंकमा बन्द भयो। बजारमा धेरै लगानीकर्ताले शेयर घटेर बेच्न नचाहेको सङ्केत गरे पनि अल्पकालीन नाफा सुरक्षित गर्ने प्रवृत्ति देखिएको छ।

प्राविधिक विश्लेषणमा बजारको अवस्था
आजको कारोबारमा बोलिङ्गर ब्याण्डको माथिल्लो सीमा छुन खोज्दा लामो चुच्चो सहितको क्याण्डल बनेको छ। यसले नाफा बुकिङका कारण बजारमा केही दबाब परेको देखाउँछ। २७८५ अंकको प्रतिरोध विन्दुमा बजारले धेरै पटक सामना गरिसकेको हुँदा यो विन्दुमा कडा प्रतिरोध रहेको छ।

म्याक्डी (MACD) मा बुलिस क्रसओभर भ्यालिड रहेकाले केही सकारात्मक संकेत देखिन्छ भने हिस्टोग्राम पनि सकारात्मक नै रहेको छ। आरएसआई (RSI) ५९ को तहमा रहेकाले बजार सामान्य स्थितिमा छ भन्ने देखिन्छ। मनी फ्लो इन्डेक्समा पनि दबाब खासै छैन।

आगामी कारोबारको सम्भावना
बजार २७४८ अंकमा बन्द भएकाले २७३० अंक भन्दा तल झरेमा बिक्री दबाब बढ्न सक्छ। यदि बजार २७८५ भन्दा माथि पुग्न सकेमा अप ट्रेन्ड पुनः सुरु हुने सम्भावना छ। अल्पकालीन कारोबारीको हावीका कारण बजारमा दबाब रहेको बुझाइ लगानी कर्ताहरूको छ।


लगातार दोहोरो अंकको वृद्धिपछि आएको करेक्सनले बजारमा अल्पकालीन कारोबारी सक्रिय रहेको देखाउँछ। सामान्य अंकको घटावट र कारोबार रकममा कमी आउनु बजारको बलियो अवस्थालाई संकेत गर्न सक्ने विश्लेषण छ। 

यस्तो करेक्सन नाफा सुरक्षित गर्ने प्रयाससँगै शेयर संकलनको अवसरका रूपमा पनि देखिएको छ । बजारको यो हालको स्थिति कायम रहिरहेमा अल्पकालीन नाफा बुकिङ गर्ने र दीर्घकालीन नजर राख्ने लगानी कर्ताले अवसर पाउने सम्भावना रहन्छ।

[यो विश्लेषण किनवेच गर्न प्रोत्साहन गर्न गरिएको हैन]



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट