नयाँ पत्रिकाका पत्रकार मैनालीलाई साइबर ब्यूरोमा उपस्थित हुन मौखिक निर्देशन
नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई भोलि बिहान १० बजे साइबर ब्यूरोमा उपस्थित हुन प्रहरीले मौखिक निर्देशन दिएको छ।
शुक्रबार नयाँ पत्रिकाको कार्यालयमै पुगेको प्रहरी टोलीले पत्रकार मैनालीलाई उपस्थित गराउन दबाब दिएपछि कार्यालयका प्रतिनिधिहरूले कुनै औपचारिक पत्र वा पक्राउ पुर्जीबिना समाचारकक्षमै हुल बाँधेर आएर त्रसित बनाउने शैली अपनाएको भन्दै कडा आपत्ति जनाएका छन्।
पत्रिकाका तर्फबाट कानुनी प्रक्रियाअनुसार औपचारिक पत्र पठाएर मात्रै उपस्थित गराउन सकिने माग गरिएपछि प्रहरी टोली ‘भोलि १० बजे साइबर ब्यूरोमा उपस्थित गराइदिनु’ भन्दै मौखिक जानकारी दिएर फर्किएको नयाँ पत्रिका दैनिकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस