राप्रपाले महानगरलाई तिर्यो १ लाख जरिवाना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।
संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले महानगर प्रहरीको टोलीलाई भेटेरै एक लाख जरिवाना तिरेको हो ।
हिजो (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा काठमाडौंमा प्रदर्शन गर्नेक्रममा काठमाडौंका केही सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस