Techie IT
२०८२ जेष्ठ ४, आइतबार

खरबुजाबाट पाँच लाख कमाउने झापाका किसान


झापा । मेचीनगर नगरपालिका-७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा रु पाँच लाख बढी आम्दानी गरेका छन् । उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका छन् ।

थापाले अहिले खरबुजा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको जानकारी दिए । वार्षिक रु ४० हजार तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि हालसम्ममा रु पाँच लाखको खरबुजा बिक्री भएको उनले बताए । “अन्य तरकारीखेती पनि गरेको छु”, उनले भने, “तर खरबुजाले जस्तो आम्दानी तरकारीबाट हुन सकेको छैन ।”

झापामा गर्मी बढेसँगै खरबुजाको व्यापार बढेको छ । थापाले उत्पादन गरेको खरबुजा बिक्रीका लागि धुलाबारी, काँकरभिट्टा, चारआली लगायत चोक तथा बजारमा लैजाने गर्नुहुन्छ । उनले बजारको समस्या नभएको बताउँदै बारीमा आउने व्यापारीलाई भने प्रतिकिलो रु ३० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो । मेचीनगर, भद्रपुर र कनकाई नगरपालिका क्षेत्रमा खरबुजाको व्यावसायिक खेती हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट