राष्ट्रपतिलाई अर्थमन्त्रीले गरे बजेट ब्रिफिङ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेटका बारेमा जानकारी गराएका छन् ।
मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई बजेटको रूपरेखा र प्राथमिकताबारे ब्रिफिङ गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार अर्थमन्त्रीले बजेट तयारीको हालको अवस्था, नीति तथा कार्यक्रमसँगको समन्वय, र बजेटमार्फत सरकारको आर्थिक दृष्टिकोणबारे जानकारी दिएका थिए ।
संवैधानिक व्यवस्था अनुसार सरकार जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न तयारीमा जुटेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस