Techie IT
२०८२ भाद्र ५, बिहीबार

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छः कांग्रेस नेता निधि


प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।

जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उहाँले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न सरकारले तत्काल कार्यदल गठन गरेर निष्कर्ष पुग्न उचित हुने नेता निधिको भनाइ थियो । यसअघि पनि आफूलाई सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय पदाधिकारीले काठमाडौँमै भेटेर कुरा राखेको र यस विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट