Techie IT
२०८३ श्रावण १, शुक्रबार

ट्रम्पको भन्सार धम्कीपछि टोकियो सेयर बजारमा गिरावट


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय भन्सार शुल्क पठाउने बताएका कारण लगानीकर्ताहरू सतर्क रहँदा टोकियोको सेयर बजार सोमबार ओरालो लागेको छ ।

जापानको मुख्य सेयर सूचकांक सोमबार दुई सय २३ दशमलव २० अङ्कले घटेर ३९ हजार पाँच सय ८७ दशमलव ६८ मा बन्द भएको छ । यो अघिल्लो शुक्रबारको तुलनामा करिब ०.५६ प्रतिशतको गिरावट हो ।

त्यस्तै, अर्को महत्त्वपूर्ण सूचक ‘टोपिक्स’ पनि १६ दशमलव २३ अंकले घटेर दुई हजार आठ सय ११ दशमलव ७२ मा पुगेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो ।

बजारमा लगानीकर्ताहरूले सक्रिय रूपमा कारोबार गर्न नचाहेको देखिएको छ, किनभने ट्रम्पले पठाउने भनिएको भन्सार शुल्कको पत्र जापानलाई पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा अनिश्चितता रहेको छ । अहिले चलिरहेको आपसी भन्सार सहमतिको अवधि जुलाई ९ मा सकिँदैछ, जसले थप अन्योलता सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार झन्डै १२ देशलाई पठाइने पत्रहरूमा अमेरिका आयात हुने वस्तुहरूमा लाग्ने नयाँ भन्सार शुल्क उल्लेख गरिएको जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट