Techie IT
२०८२ असार ३२, बुधबार

आयल निगमको नयाँ मूल्यसूची लागू, पेट्रोल ५ रुपैयाँले घट्यो


नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य घटाएको छ । 

बुधबार (असार ३२) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समायोजन गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

यसअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य अब प्रतिलिटर १५७.५० रुपैयाँ हुनेछ । डिजेल र मट्टीतेलको मूल्य भने समान रूपमा प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट