Techie IT
२०८३ जेष्ठ ४, सोमबार

MBBS Scholorship

सुदूरपश्चिम प्रदेशद्वारा एमबिबिएस (MBBS) छात्रवृत्तिका लागि आवेदन आह्वान


सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रका लागि खुला र समावेशी कोटामा आवेदन माग गरेको हो।

मन्त्रालयका अनुसार, प्रदेश सरकारको लगानीमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ। कुल ९ वटा सिटका लागि आवेदन माग गरिएकोमा सबैभन्दा बढी खुलातर्फ ५ जनाको कोटा निर्धारण गरिएको छ।

बाँकी ४ सिट समावेशी समूहका लागि छुट्याइएको छ। जसमा विवरण निम्नअनुसार छ:

खुला: ५ जना

महिला: १ जना

दलित: १ जना

थारु: १ जना 

अपाङ्गता भएका: १ जना

आवेदन दिने अन्तिम मिति: इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरूले यही मंसिर १६ गते कार्यालय समयभित्र मन्त्रालयमा आवश्यक कागजातसहित निवेदन पेस गरिसक्नुपर्नेछ। तोकिएको समयसीमाभित्र प्राप्त नभएका र रित नपुगेका निवेदनमाथि कुनै कारबाही नहुने मन्त्रालयले जनाएको छ।

सूचना हेर्नुहोस् - 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट