विजया दशमीको चौथो दिन पनि टीका र आशीर्वाद लिने क्रम जारी
विजया दशमीको चौथो दिन आज पनि मान्यजन तथा आफन्तजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ हर्षोल्लासका साथ मनाइँदै छ।
बुधबार बडादसैँको मुख्य दिन विजया दशमीका अवसरमा टीका थाप्न नभ्याएका तथा टाढा-डाढा रहेका सर्वसाधारणले आज पनि आफन्त तथा मान्यजनको गृहप्रवेश गरी आशीर्वाद लिइरहेका छन्।
नेपाली परम्पराअनुसार बडादसैँको टीका विजया दशमीका दिन सुरु भई कोजाग्रत पूर्णिमासम्म नै नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रहँदै आएको छ।
टीका र जमरा लगाएर आशीर्वाद लिने-दिने क्रम जारी रहेकाले काठमाडौँ उपत्यकाका मुख्य सडक तथा गल्लीहरूमा सर्वसाधारण र सवारी साधनको चहलपहल थप बढ्न थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस