Techie IT
२०८३ कार्तिक ८, शनिबार

सुदूरपश्चिमको ठूलो धमाका: वेस्ट इन्डिजका विष्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका विष्फोटक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ।

२८ वर्षीय बायाँहाते आक्रामक ब्याटर रदरफोर्डसँग अन्तर्राष्ट्रिय क्रिकेटका साथै विभिन्न विश्वस्तरीय फ्रेन्चाइज लिगहरूको विशाल अनुभव रहेको छ। उनले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

समग्र टी–२० क्रिकेटमा २८३ खेलको अनुभव बटुलिसकेका रदरफोर्डले १४२.०५ को उत्कृष्ट स्ट्राइक रेटमा ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ वटा विशाल छक्का समेत प्रहार गरिसकेका छन्।

रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा आफ्नो प्रभाव जमाइसकेका छन्। सन् २०२५ को आईपीएलमा गुजरात टाइटन्सबाट प्रतिनिधित्व गर्दै उनले १३ खेलमा २९१ रन जोडेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट