माध्यमिक तहको शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मङ्गलबार एक सूचना जारी गर्दै आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा तालिम पूरा गरेका इच्छुक उम्मेदवारहरूबाट आगामी मङ्सिर ७ गतेदेखि अनलाइन आवेदन माग गरेको हो।
आयोगका अनुसार योग्य उम्मेदवारहरूले आगामी पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। नियमित समयसीमाभित्र आवेदन दिन छुट्ने उम्मेदवारहरूका लागि भने दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
अनलाइन आवेदन फाराम भर्दा उम्मेदवारहरूले हालसालै खिचेको फोटो, नागरिकताको प्रमाणपत्र, हस्ताक्षरको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) र शिक्षक तालिमको प्रमाणपत्रलगायतका आवश्यक कागजातहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस