Techie IT
२०८२ भाद्र १, आइतबार

पोखरामा मनाइयो गाइजात्रा


पोखरा लगायत देशभरका नेवार समुदायहरूले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा मनाएका छन् । पर्वका अवसरमा टोल टोलबाट मृतक आफन्तहरूको सम्झनामा गाईको प्रतिकात्मक रूप धारण गरी जात्रा निकालिएको छ ।

यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदायहरूले निकै महत्वका साथ मनाउने गर्दछन् ।

पोखराको रामकृष्णटोल, गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल मोहोरियाटोल, तेर्सापट्टी लगायत नेवार समुदायहरूको बसोबास रहेका टोल तथा बस्तीहरूमा आज धूमधामका साथ गाईजात्रा पर्व बनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट