Techie IT
२०८३ भाद्र १५, सोमबार

गण्डकी प्रदेश सरकारद्वारा भोटेकोशी बाढीका मृतक र बेपत्ताका परिवारलाई १ लाख सहयोगको घोषणा


रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका तथा सम्पर्कविहीन बनेका नागरिकका आफन्तलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतक र बेपत्ताका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

यसअघि नै आइतबारको मन्त्रिपरिषद् बैठकले बाढी र पहिरो प्रभावितहरूका लागि प्रदेश सरकारको तर्फबाट ४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

प्रदेश सरकारका प्रवक्ता जीत शेरचनका अनुसार विपदमा परी घाइते भएका गण्डकी प्रदेशका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ प्रदान गरिनेछ। कृष्णभीर लगायतका स्थानमा बाटो अवरुद्ध भई हवाई मार्गमार्फत पोखरा आएका बिरामीहरूलाई घरसम्मै पुर्याउने व्यवस्था सरकारले मिलाएको छ।

साथै, रसुवाको बाढीमा परेर मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप २५ हजार रुपैयाँ उपलब्ध गराइने निर्णयसमेत भएको छ। पोखरा आइपुगेका घाइते तथा बिरामीहरूलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन सवारीसाधनको समेत व्यवस्था गरिदिने सरकारले जनाएको छ।

प्रवक्ता शेरचनले यस कठिन घडीमा विपद्को एकजुट भएर सामना गर्न गण्डकी प्रदेशका निजी क्षेत्र, संघ-संस्था तथा राजनीतिक दलहरूसँग हार्दिक अपिल गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट