Techie IT
२०८२ माघ ६, मंगलबार

लद्दाखको जेन–जी आन्दोलनमा नेपाली युवाको सहभागिता, दुईजना पक्राउ


Photo : AFP

नेपालमा भएको जेन–जी आन्दोलनपछि भारतको लद्दाखमा पनि सोही शैलीको आन्दोलन भएको छ। आन्दोलनका क्रममा दुई नेपाली पक्राउ परेको भारतीय मिडिया टाइम्स नाओ ले जनाएको छ।

उक्त मिडियाका अनुसार आगजनी र हिंसात्मक गतिविधिमा नेपालीहरूको सक्रियता देखिएको भए पनि पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन।

बुधबार लद्दाखमा भएको आन्दोलनका क्रममा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनी गरिएको थियो। सो घटनामा चार जनाको मृत्यु भएको बताइएको छ।

यसैबीच, शुक्रबार आन्दोलनका अगुवा सोनाम वाङ्चुकलाई पनि प्रहरीले पक्राउ गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट