Techie IT
२०८३ असोज २३, शुक्रबार

सरकारका अराजक क्रियाकलापविरुद्ध नेकपाले दुईमहिने जागरण अभियान चलाउने


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारीस्वरूप आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाश ज्वालाले महाधिवेशन र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीका साथै सरकारविरुद्धको आन्दोलनलाई बलियो बनाउन यो अभियान सञ्चालन गर्न लागिएको बताए।

अभियानका क्रममा पार्टीले संगठन सुदृढीकरणलाई तीव्रता दिनेछ भने आगामी पुस ११ गते देशभरका सबै वडाहरूमा र माघ १५ गते देशभरका सबै पालिकाहरूमा एकैदिन अधिवेशन गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले जानकारी दिए।

यसैबीच, बैठकले ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै एक विशेष प्रस्ताव समेत पारित गरेको छ। 

साथै, पार्टीका आगामी कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता अनिवार्य सुनिश्चित गर्ने निर्णय गरिएको छ भने प्रवासमा रहेका नेपाली, श्रमजीवी मजदुर र किसानहरूबीचको साङ्गठनिक गतिविधिलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय पनि बैठकले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट