Techie IT
२०८३ असोज २३, शुक्रबार

NobelPeacePrize2026

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पछि पार्दै नेभी पिलाईले पाइन् नोबेल शान्ति पुरस्कार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि यो पुरस्कार पाउन असफल


Navanethem "Navi" Pillay

यस वर्षको प्रतिष्ठित नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी पूर्व न्यायाधीश तथा मानव अधिकारवादी नेभी पिलाई (Navi Pillay) लाई प्रदान गरिएको छ। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि यो पुरस्कार पाउन असफल भएका छन्। नर्वेली नोबेल समितले अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै पिलाईलाई यो पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९४१ मा दक्षिण अफ्रिकाको डर्बानमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिलाईले आफ्नो जीवन रंगभेद (अपार्टहाइड) विरुद्ध लड्ने र अधिकारकर्मीहरूको पक्षमा वकालत गर्ने कामबाट सुरु गरेकी थिइन्। सन् १९६७ मा आफ्नै ल फर्म स्थापना गरेकी उनले सन् १९८८ मा अमेरिकाको प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयबाट जुरिडिकल साइन्समा विद्यावारिधि हासिल गरेकी थिइन्।

सन् १९९५ मा दक्षिण अफ्रिकाको उच्च अदालतको न्यायाधीश नियुक्त भएकी पिलाईले त्यसको चार वर्षपछि रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (ICTR) को सभापति तथा न्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। युद्ध अपराधका क्रममा हुने यौन हिंसा र बलात्कारलाई समेत मानवताविरुद्धको अपराध र नरसंहारको रूपमा परिभाषित गर्न उनको ऐतिहासिक भूमिका रहेको थियो।

त्यसपश्चात उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) को न्यायाधीश, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्त (OHCHR, २००८–२०१४), अन्तर्राष्ट्रिय अदालत (ICJ) मा म्यानमारविरुद्धको मुद्दामा तदर्थ (Ad hoc) न्यायाधीश र सन् २०२१ देखि २०२५ सम्म प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसंघीय जाँच आयोगको अध्यक्षको रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन्।

बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय न्याय प्रणालीमाथि राजनीतिक आक्रमण भइरहेको वर्तमान अवस्थामा बल प्रयोग बिना विवाद समाधान गर्न कानुनको शासन अपरिहार्य रहेको भन्दै नोबेल समितिले पिलाईको दृढता र साहसको प्रशंसा गरेको छ।

पुरस्कारको घोषणा हुँदा न्युबर्ग फोरमको सम्मेलनमा (अन्तर्राष्ट्रिय कानुनको जन्मथलो मानिने अदालत कक्षमा) उपस्थित रहेकी पिलाईले सुरुमा यो खबरमाथि विश्वास नै गर्न सकिनन्। 

नर्वेली नोबेल संस्थानका निर्देशक क्रिस्टियन बर्ग हार्भिकेनले फोनमार्फत यो खुसीको खबर सुनाउँदा उनले प्रतिक्रिया दिँदै भनिन्, "मैले तपाईंको मुखबाट नसुनेसम्म यो विश्वास गर्दिनँ... यो अति नै रोमाञ्चक र अविश्वसनीय समाचार हो, म यसका लागि अत्यन्तै कृतज्ञ छु।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट