Techie IT
२०८२ मंसिर २६, शुक्रबार

नेपाली सेनामा ३८८ प्राविधिक पदका लागि भर्ना खुल्यो


नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। सेनाले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक तथा हवाई समूहअन्तर्गतका पदपूर्तिका लागि दरखास्त मागिएको हो।

नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारी पदसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्ना गर्न लागिएको सेनाले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि पुस २६ गतेसम्म अनलाइन वा तोकिएको प्रक्रियामार्फत दरखास्त दिन सक्नेछन्।

दरखास्त शुल्क
पदको स्तरअनुसार दरखास्त दस्तुर ४००, ३०० र २०० रुपैयाँ तोकिएको छ। समावेशी समूहमा अतिरिक्त दरखास्त दिएमा तोकिएको शुल्कको २० प्रतिशत थप लाग्नेछ।

थप जानकारीका लागि तलको लिंकमा जानुहोला

https://vacancy.nepalarmy.mil.np/ 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट