काठमाडौँबाट खोटाङ जाँदै गरेको सुमो सुनकोशीमा खस्यो
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो दुर्घटना भई सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्।
चालकसहित १० जना सवार उक्त सुमो नदीमा खसेपछि उद्धार टोलीले हालसम्म तीन जनाको शव फेला पारेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाउनेबित्तिकै नेपाल प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन्। नदीमा डुबेको गाडी र बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। दुर्घटनामा परेका अन्य चार जनाको भने सकुशल उद्धार गरिएको वा उपचारका लागि पठाइएको विषयमा थप विवरण आउन बाँकी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस