Techie IT
२०८३ जेष्ठ २९, शुक्रबार

लगानी बोर्डको कार्यकारी प्रमुखका लागि आवेदन खुला: यस्ता छन् शैक्षिक योग्यता र उमेरको मापदण्ड


नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि खुला आवेदन माग गरेको छ। 'सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५' बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

लगानी बोर्डको नेतृत्वका लागि शैक्षिक योग्यता र कार्यअनुभवका कडा मापदण्डहरू तोकिएका छन्। सूचना अनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर (Master's Degree) तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

यस्तै, परियोजना विकास (Project Development), सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी (PPP), लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय (Managerial Level) अनुभव हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।

दरखास्त दिने अन्तिम मितिसम्म आवेदकको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले निवेदनका साथमा वैयक्तिक विवरण (बायोडाटा), शैक्षिक प्रमाणपत्र र अनुभव खुलाउने कागजातका अतिरिक्त बोर्ड सञ्चालन सम्बन्धी एक विशेष 'रणनीतिक व्यावसायिक योजना' (Business Plan) समेत पेस गर्नुपर्नेछ।

योग्य र इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा आफ्ना कागजातसहित निवेदन बुझाउन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट