Techie IT
२०८३ वैशाख ३०, बुधबार

जिल्ला समन्वयको कार्यालयमा सकेट बम


File Photo

जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा सकेट बम फेला परेको छ। शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले बम फेला पारेका हुन्।

समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार सकेट बम फेला परेसँगै प्रहरी र सेनालाई जानकारी दिइएको छ। उनले भने, “बम खिया लागेको अवस्थामा छ र मोटो जीआई पाइपबाट बनेको जस्तो देखिन्छ।”

बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिएको छ। बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरा तोकेका छन्। प्रमुख आचार्यले भने, “सेना बम डिस्पोज गर्ने आदेशको प्रतिक्षामा छ। आदेश आउँदै बित्तिकै बम डिस्पोज गर्ने तयारी भएको छ।”

सडकको सानो हलको पछाडिपट्टि बम फेला परेको हो। यो बम संकटकालमा माओवादीले छोडेको हुन सक्ने आशंका गरिएको छ। प्रमुख आचार्यले बताएअनुसार, कार्यालय खुले पनि हाल काम गर्ने अवस्था छैन।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार, बम डिस्पोज गर्न सेनाको टोली बम भेटिएको स्थानमा पुगिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट