Techie IT
२०८२ भाद्र १६, सोमबार

गणेश पूजाको विवादले जन्मायो झडप, गोली लागी एक स्थानीयसहित सात प्रहरी घाइते


धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा शनिबार प्रहरी र स्थानीयबीच भएको झडपमा सात प्रहरीसहित एक स्थानीय व्यक्ति गोली लागी घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार २९ वर्षीय लक्ष्मण मुखियालाई प्रहरीले चलाएको गोली दुवै घुँडामा लागेको छ। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते सात प्रहरी र केही सर्वसाधारणको उपचार पनि सोही अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

झडप देवपुरा रुपैठास्थित झण्डाचोकमा राखिएको टावरलाइटको झण्डा हटाउने क्रममा भएको हो। प्रहरी झण्डा हटाउन पुगेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेको थियो।

प्रहरीका अनुसार शुक्रबार गणेश पूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबीच विवाद भएको थियो। त्यसपछि शनिबार दुवै पक्षका अगुवाहरूको उपस्थितिमा आइतबार (आज) झण्डा हटाउने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन गर्ने क्रममा झडप चर्किएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट