Techie IT
२०८२ कार्तिक १४, शुक्रबार

धनकुटाको चारखोलेमा पहिरोले सडक भासियो, ठूला सवारी सञ्चालनमा रोक


धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाइमा गएको पहिरोले सडकको करिब २० मिटर भाग भासिएर बगाएको छ। लगातारको वर्षाका कारण उक्त सडक खण्डमा बस, ट्रकजस्ता ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यो सडक हुँदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङ जिल्लाका सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक भासिएको स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनकुटाले सूचना जारी गर्दै बाटो खुलाउने प्रयास भइरहेको बताएको छ। साथै, अति आवश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहनु अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट