दिक्तेलमा कुटपिटका कारण एक जनाको मृत्यु
खोटाङको दिक्तेलमा कुटपिटका कारण एक जनाको मृत्यु भएको छ । रूपाकोट मझुवागढी नगरपालिका–९, सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनामा संलग्न आरोपमा सोही स्थानका ५० वर्षीय दिलकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार वादविवादका क्रममा दिलकुमारले कुटपिट गर्दा पदमको घटनास्थलमै मृत्यु भएको हो । अस्थायी प्रहरी चौकी निर्मलीडाँडाबाट खटिएको प्रहरी टोलीले भुजेललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस