Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

जेनजी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु


सांकेतिक

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा घाइतेमध्ये एक जनाको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। उनका अनुसार हाल करिब ९० जना घाइते उपचाररत छन्।

प्रारम्भमा विद्यार्थीहरूको सहभागिता देखिए पनि पछि मुखमा मास्क र हेलमेट लगाएका अन्य समूहहरू ठूलो संख्यामा उपस्थित भएका थिए । उनीहरूले संसद भवनतर्फ अघि बढ्दै ब्यारिकेड तोडेका थिए र भवन नजिकैको सानो संरचनामा आगजनी पनि गरेका थिए।

स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले अश्रुग्याँस प्रहारसँगै गोलीसमेत चलाए । घटनामा एक सयभन्दा बढी व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट