Techie IT
२०८२ फागुन १, शुक्रबार

काठमाडौंमा कर्फ्यु सकियो, थप निर्णय सुरक्षा समितिको बैठकपछि


भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार

काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेदेखि सकिएको छ। अहिले सडकमा सवारी साधनहरू फाट्टफुट्ट गुडिरहेका छन् भने सडक सफाइ गर्ने कर्मचारीहरू समेत खटिएका छन्।

हिजो काठमाडौंमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूले प्रदर्शन गर्दा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो। त्यसपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्याह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो।

सुरक्षाको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै लगाइएको कर्फ्युको अवधि हिजो राति थप गर्दै आज बिहान ५ बजेसम्म लम्ब्याइएको थियो। तर बिहान कर्फ्यु सकिएपछि पनि यसलाई फेरि लम्ब्याउने वा हटाउने भन्नेबारे जिल्ला प्रशासन कार्यालयले कुनै औपचारिक जानकारी दिएको छैन।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्तासहित जिम्मेवार पदाधिकारीहरूले फोनसमेत नउठाएको कारण स्पष्टता पाउन नसकेको हो।

यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले आज जिल्ला सुरक्षा समितिको बैठक बसेर थप निर्णय लिइने जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट