Techie IT
२०८२ फागुन १, शुक्रबार

राष्ट्रपति कार्यालयको चोरेको सामान बुझाइदिन सार्वजनिक आग्रह


राष्ट्रपति भवन, सितल निवास

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा लुटिएका सामान बुझाइदिन राष्ट्रपति कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयले आगलागी र तोडफोडका क्रममा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, कुर्सीलगायत भौतिक सामग्री कार्यालय परिसरबाट चोरी भएको उल्लेख गर्दै ती सामान भेटिए वा कसैको साथमा भए बुझाइदिन आग्रह गरेको हो।

सूचनामा भनिएको छ, “राष्ट्रपति कार्यालय जि.खा.पा. नं. अंकित वा अनंकित समान देख्नुभयो वा भेट्नुभयो वा कुनै माध्यमबाट आफ्नो साथमा रहन गएको छ भने यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको हो।”

कार्यालयले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट