Techie IT
२०८२ माघ २९, बिहीबार

स्रोत नखुलेको सात लाख ५० हजारसहित सिरहाबाट एक व्यक्ति पक्राउ


सिरहा – सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शंका लागेर जाँच गरिएको थियो। सो क्रममा उनको साथमा रहेको नगद रकम फेला परेको हो। रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण पेश गर्न नसकेपछि उनलाई पक्राउ गरिएको भण्डारीले बताए।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्छ। सीमावर्ती क्षेत्रमा हुने यस्ता गैरकानुनी वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरीले निगरानी र सक्रियता बढाएको भण्डारीले जानकारी दिए। पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट