Techie IT
२०८२ माघ २९, बिहीबार

महेश बस्नेतलाई पक्राउ गर्न अदालतको ‘रेड सिग्नल’, थप प्रमाण पेश गर्न निर्देशन


नेकपा एमाले नेता महेश बस्नेत

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण पेस गर्न निर्देशन दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै प्रहरीलाई आवश्यक थप प्रमाण प्रस्तुत गर्न भनेको अदालत स्रोतले जनाएको छ।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न अनुमति मागेको थियो। तर, अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै थप प्रमाण ल्याउन निर्देशन दिएको हो।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध पीडित परिवारले दर्ता गराएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट