Techie IT
२०८२ माघ २९, बिहीबार

किन फर्कियो ओली र लेखकविरुद्धको जाहेरी पुनः प्रहरीमा


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएको जाहेरी पुनः प्रहरी कार्यालयमै फर्किएको छ। जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उक्त जाहेरी नेपाल प्रहरीलाई फिर्ता पठाएको हो।

यसअघि प्रहरी प्रशासनले आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै जाहेरी आयोगमा पठाएको थियो। तर आयोगले फौजदारी अपराधको अनुसन्धानका लागि आफ्नो प्रतिवेदन आवश्यक नपर्ने बताउँदै जाहेरी पुनः प्रहरीमै पठाएको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “फौजदारी अनुसन्धानका विषयमा आयोगको प्रतिवेदन आवश्यक नपर्ने भएकाले जाहेरी सम्बन्धित निकाय नेपाल प्रहरीमै पठाइएको छ।”

मंगलबार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका चार युवाका परिवारले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका थिए।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट