Techie IT
२०८३ जेष्ठ ६, बुधबार

टोखाको चण्डेश्वरीमा युवकको हत्या, दुई जना पक्राउ


टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ।

चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालयका स्रोतले जानकारी दिएको हो ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ। प्रहरीका अनुसार, बादविवादको क्रममा उनीहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उपचारका लागि ट्रमा सेन्टर लगिँदा उनको मृत्यु भएको हो।

पक्राउ परेकाहरूमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट